दफा २८
दण्ड सजाय
: (१) कुनै पदाधिकारी, सदस्य वा ट्रेड यूनियनको कुनै कर्मचारीले ट्रेड यूनियनको वा त्यस्तो ट्रेड यूनियनबाट सन्चालित कोष तथा कार्यक्रमको सम्पत्ति हिनामिना गरेमा वा त्यस्तो सम्पत्तिमा कुनै किसिमको हानी नोक्सानी गरेमा श्रम अदालतले त्यस्तो पदाधिकारी, सदस्य वा कर्मचारीबाट त्यसरी हिनामिना वा हानी नोक्सानी भएको रकम बराबरको रकम भराउने आदेशः दिई पाँचहजार रुपैयाँसम्म जरिबाना वा एक वर्षसम्म कैद वा दुवै सजाय गर्न सक्नेछ ।
(२) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम ट्रेड यूनियनको तर्फबाट पेश गर्नु पर्ने विवरण, प्रतिवेदन, सूचना वा अन्य कागजपत्र पेश नगरेमा वा झुट्टा बनाई पेश गरेमा पञ्जिकाधिकारीले सम्बन्धित पदाधिकारीलाई पाँचसय रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।